नयाँ अफरः जीवन बीमा नवीकरणमा ५०,००० उपहार

काठमाडौं । जीवन बीमाको महत्त्वलाई उजागर गर्दै सहज जीवन बीमा नवीकरण तथा प्रिमियम भुक्तानीलाई जोड दिन नेपालको पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले जीवन बीमा नवीकरणमा विशेष अफर ल्याएको छ ।
इसेवाबाट नेपालको कुनै पनि जीवन बीमा कम्पनीको पोलिसी नवीकरण गर्ने एक भाग्यशाली विजेताले ५०,००० रुपैयाँ प्राप्त गर्नेछन्! यसका साथै, १४ वटा जीवन बीमा कम्पनीका एक–एक जना पोलिसीहोल्डर, एजेन्ट र शाखा कार्यालयलाई पनि विशेष उपहारको व्यवस्था गरिएको छ। जेठ १५ देखि असार ३२ सम्म चल्ने यस अफर अवधिभर, इसेवामार्फत जीवन बीमा नवीकरण गर्ने सबै प्रयोगकर्ताहरू स्वतः यो पुरस्कारका लागि योग्य हुनेछन् ।
इसेवाको अनलाइन बीमा नवीकरण सुविधाको माध्यमबाट प्रयोगकर्ताहरूले कार्यालय धाउनुपर्ने झन्झट बिना नै, छोटो समयमा आफ्ना आवश्यकता अनुसार बीमा नवीकरण गर्न सक्नेछन् । यस अफर मार्फत जीवन बीमाको आवश्यकता मात्र नभएर डिजिटल माध्यमबाट भुक्तानीमा हुने सहजताको बारेमा पनि जनचेतना बढाउने इसेवाको प्रयास हो ।
जीवन बीमाको नवीकरण गरी आफ्नो र परिवारको भविष्य सुरक्षित गर्नुहोस् र ५०,००० सहित अन्य आकर्षक पुरस्कार जित्ने अवसर पनि पाउने कम्पनीले जानकारी दिएको छ ।
प्रतिक्रिया