आईसीसी विश्वकप लिग–२ : स्कटल्याण्डसँग खेल्दै नेपाल
नेपालखोज
२०८२ जेठ २० गते ८:५६

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ । खेल नेपाली समयअनुसार ३:४५ देखि सुरु हुनेछ ।
एकदिवसीय अन्तर्राष्ट्रियमा स्कटल्याण्डविरुद्ध नेपालको प्रर्दशन मिश्रित र सकारात्मक रहेको छ । अहिलेसम्म यी दुई टिमबीच आठ ओडिआई खेल भएको छ, जसमा नेपालले चारमा जित र तीन खेलमा पराजय बेहोरेको छ ।
सोमबार स्कटल्याण्डविरुद्धको खेलमा नेपाल उत्कृष्ट समिकरणसहित मैदान उत्रने तयारीमा छ ।
सम्बन्धित
प्रतिक्रिया