मंगलबार, जेठ २१, २०८२

बुद्धिजीवी परिषद्को अध्यक्षमा थपलिया

नेपालखोज २०८२ जेठ २० गते १०:४९

काठमाडौं । नेपाल बुद्धिजीवी परिषद्को अध्यक्ष पदमा इञ्जिनियर गजेन्द्रप्रसाद थपलिया निर्वाचित भएका छन् ।

गतराति सम्पन्न अधिवेशनले उनी सहित ९९ सदस्यीय नयाँ कमिटी चयन गरेको हो । यसैगरी परिषद्को उपाध्यक्षमा गोविन्द्र शाही,सचिव डा अर्जुनकुमार सिंह चयन भएका छन् । अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा मात्र निर्वाचन भएको जनाइएको छ ।

अधिवेशनले महिला उपाध्यक्षमा राधा अधिकारी, महासचिव दीपेन्द्र श्रेष्ठ, उपमहासचिव सुशील विक, विदेशी मामिला सचिव डा लाक्पा शेर्पा, प्रचार सचिव डा टीका ढकाल तथा आर्थिक सचिव कृष्णकुमार लम्साल सर्वसम्मत चयन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत शनिबार परिषद्को ११औँ राष्ट्रिय अधिवेशनले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया