ग्लोब्याट डिलर मिट २०८२ सम्पन्न, दुईपांग्रे र चारपांग्रे नयाँ ब्याट्री सिरिज सार्वजनिक

काठमाडौं । नेपालको अग्रणी अटोमोटिभ ब्याट्री ब्राण्डमा पर्न सफल ‘ग्लोब्याट’को ‘डिलर मिट २०८२’ सम्पन्न भएको छ । जेठ १४ र १५ गते काठमाडौंस्थित चन्द्रागिरी हिल्स रिसोर्टमा कार्यक्रम भएको हो ।
कार्यक्रममा देशभरका १०० भन्दा बढी डिलर, कर्मचारी तथा अतिथिको सहभागिता रहेको ग्लोब्याटका लागि नेपालको आधिकारिक बिक्रेता त्रिथुंगा ट्रेडिङले जनाएको छ । कार्यक्रममा दुईपांग्रे र चारपांग्रे ब्याट्री सिरिज पनि सार्वजनिक गरिएको छ । उत्कृष्ट डिलर तथा कर्मचारीलाई सो अवसरमा विभिन्न विधामा सम्मानसमेत गरिएको कम्पनीले जनाएको छ ।
ग्लोब्याटका लागि नेपालको आधिकारिक वितरक त्रिथुङ्गा ट्रेडिङ प्रा.लि. र बङ्गलादेशको रहिमाफ्रुज ग्रुपको संयुक्त आयोजनामा कार्यक्रम भएको हो । दुईपांग्रे र चारपांग्रे सवारीसाधनका लागि नेपाली बजारमा सार्वजनिक भएका ग्लोब्याटका नयाँ ब्याट्री पनि ग्राहकको रोजाईमा पर्ने कम्पनीले विश्वास लिएको छ । कम्पनीले भिआरएलए, एएफबी र क्लासिक सेरिज ब्याट्री सार्वजनिक गरेको हो ।
कार्यक्रममा त्रिथुङ्गा ट्रेडिङका महाप्रबन्धक श्याम पाण्डेले निकट भविष्यमै ग्लोब्याटको वितरण सञ्जाललाई अझ बिस्तार गरिने घोषणा गरे । नेपाली बजारलाई ग्लोब्याटमा दृढ विश्वास राख्न पनि उनले आग्रह गरे । ‘ग्लोब्याट केवल उत्पादन होइन, विश्वसनीयता र दीर्घकालीन सम्बन्धको प्रतीक हो’ उनले भने ।
बङ्गलादेशबाट आएका रहिमाफ्रुज ग्रुपका कार्यकारी निर्देशक फराज अब्दुर रहिम, प्रमुख कार्यकारी अधिकृत कम्रुल इस्लाम, अन्तर्राष्ट्रिय व्यापार प्रमुख जाकिर हुसेन र सार्क क्षेत्र प्रमुख अमिर हुसेन नोभलले ग्लोब्याटको अन्तर्राष्ट्रिय यात्रा र भविष्य योजनाबारे प्रस्तुति दिएका थिए । संसारभर लोकप्रिय रहेको यो ब्राण्ड छोटो समयमा नेपालमा पनि लोकप्रिय बनेकोमा खुसी व्यक्त गरे ।
कार्यक्रममा बसास अर्गनाइजेसनका प्रबन्ध निर्देशक शान्ताराज बतास, त्रिथुङ्गा ट्रेडिङका प्रबन्ध निर्देशक डिल्लीराज सुवेदी तथा अन्य अतिथिहरुको सहभागिता थियो ।
प्रतिक्रिया