१.६० अंकले बढ्याे नेप्से, ९ अर्ब २२ करोडको काराेबार

काठमाडौं । नेप्से झिनो अंकले बढेको छ । साताको दोस्रो कारोबार दिन आज सोमबार नेप्से १ दशमलव ६० अंकले बढेर २६ सय ९४ दशमलव ६६ अंकमा पुगेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव २१ अंकले घटेर ४६० दशमलव ९८ अंकमा पुगेको छ ।
नेप्सेमा आज ३१४ वटा कम्पनीको ८३ हजार १६ पटकको कारोबारमा दुई करोड २० लाख ३१ हजार ८६१ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम नौं अर्ब २२ करोड ६३ लाख २ हजार ९३३ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समूहहरुको शेयर कारोबार भएकोमा छ वटा समूहहरुको सूचक घटेर बाँकी समूहहरुको सूचक घटेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक आठ दशमलव ५० अंकले घटेर १४ सय ११ दशमलव ७४ अंकमा झरेको छ ।जलबिद्युत समूहको सूचक पनि १२ं दशमलव २३ अंकले घटेर तीन हजार चार सय ५८ दशमलव ८२ अंकमा झरेको छ ।
निर्जीवन बीमा समूहको सूचक पनि २० दशमलव ८७ अंकले घटेर १२ हजार ३९० दशमलव ४५ अंकमा झरेको छ ।उत्पादनमुलक, लघुवित्त र व्यापार समूहको सूचक पनि क्रमशः २८ दशमलव २३, ६ दशमलव १९ १५ दशमलव ३२ अंकले घटेका छन् । विकास बैक समूहको सूचक भने १६ दशमलव ६४ अंकले बढेर पाँच हजार ५८६ दशमलव ५९ अंकमा चढेकोमा फाइनान्स समूहको सूचक पनि चार दशमलव ३२ अंकले बढेर २४ सय एक दशमलव ४८ अंकमा पुगेको छ ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा ओम मेगाश्री हाईड्रोपावर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा भुगोल इर्नर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने ङादी ग्रुप पावर लिमिटेड परेको छ ।
प्रतिक्रिया