भारी वर्षापछि भारतमा पहिरोमा परी तीन सैनिकको मृत्यु, छ जना बेपत्ता

नयाँदिल्ली । उत्तरपूर्वी भारतमा मुसलधारे वर्षापछि आएको भीषण पहिरोमा परी तीन सैनिकको मृत्यु हुनुका साथै अन्य छ जना बेपत्ता भएको भारतीय सेनाले सोमबार जनाएको छ ।
मनसुनी वर्षाका कारण आएको बाढी र पहिरोका कारण भारतको उत्तरपूर्वी राज्यमा पछिल्लो एक सातामा कम्तीमा ३० जनाको मृत्यु भएको छ । नेपाल र चीनसँग सीमा जोडिएको हिमाली राज्य सिक्किममा आइतबार साँझ गएको पहिरोमा परी सैनिकको मृत्यु भएको हो ।
सेनाले एक विज्ञप्ति जारी गर्दै भारी वर्षाका कारण आएको ठूलो पहिरो आइतबार साँझपख सेनाको क्याम्पमा खसेको जनाएको छ । सेनाले सामाजिक सञ्जालमा एक तस्वीर पोस्ट गरेको छ जसमा एक भवन अर्ध–जलमग्न भएको देखिन्छ । भारतमा मनसुनको मौसममा आकस्मिक बाढी आउनु सामान्य हो ।
योसामान्यतया जुनमा सुरु हुन्छ र सेप्टेम्बरको अन्त्यसम्ममा कम हुन्छ । दक्षिण एसियामा गर्मी बढ्दै गएको छ र हालैका वर्षहरूमा मौसमी अवस्थामा परिवर्तन आएको छ ।
प्रतिक्रिया