निक्षेप लगानीको लागि राष्ट्र बैकको प्रस्ताव, बैकमा ७० करोड रुपैयाँ संस्थागत निक्षेप राखिने

नेपालखोज २०८२ जेठ १९ गते १६:४०

काठमाडौं । नेपाल राष्ट्र बैंकले ७० करोड रुपैयाँ संस्थागत निक्षेप लगानी गर्नै भएको छ ।

राष्ट्र बैंकले वाणिज्य बैंक, बिकास बैंक र फाइनान्स कम्पनीको मुद्धती निक्षेपमा उक्त परिमाणको रकम लगानी गर्न लागेको हो । बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम तीन सय ६६ दिने मुद्धती निक्षेपकोरुपमा लगानी गर्न प्रस्ताव आव्हान गरिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार रकम लगानीको अवधि बिसं २०८२ असार चार गतेदेबि बिसं २०८३ असार चार गतेसम्म रहेको छ । रकम लगानी गर्न चाहाने बैक तथा फाइनान्स कम्पनीले यही जेठ २१ गतेसम्म लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत तोकेर प्रस्ताव पेस गर्नुपर्ने छ ।

लगानीको लागि छुट्याईएको कुल रकम मध्ये वाणिज्य बैंकहरुको लागि ५६ करोड, बिकास बैंकको लागि १० करोड ५० लाख र फाईनान्स कम्पनीहरुको लागि तीन करोड ५० लाख रुपैंयाँ छुट्याईएको छ ।

रकम लगानी गर्न चाहाने बैंक तथा बित्तीय संस्थाहरु सञ्चालनमा आएको दुई बर्ष पुरा गरेको हुुनुुपर्ने, निष्क्रिय कर्जा कुल कर्जा सापटको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको हुनुपर्ने न्युनतम शर्तहरु तोकिएका छन् ।

प्रतिक्रिया