५ देशका गैरआवासीय राजदूतले पेस गरे ओहोदाको प्रमाणपत्र
नेपालखोज
२०८२ जेठ १९ गते १७:२८

काठमाडाैं । नेपालका लागि विभिन्न ५ देशका नवनियुक्त गैरआवासीय राजदूतले ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।
उनीहरूले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता ईश्वरीप्रसाद पाण्डेका अनुसार केन्याका मुन्यिरी पिटर, जोर्डनका युसेफ अब्देलघानी, जिम्बाब्वेका स्टेला वाहाग्न, डेनमार्कका रस्मुस अबिल्डगार्ड र उरुग्वेका आल्बेर्तो ए. ग्वानीले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् ।
सम्बन्धित

प्रतिक्रिया