प्रमुख तीन दलको बैठक : संसद्को गत्यावरोध अन्त्यका लागि प्रधानमन्त्रीको आग्रह

नेपालखोज २०८२ जेठ १९ गते २०:५३

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको गत्यावरोध अन्त्य गर्ने वातावरण बनाउन आग्रह गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा उनले संसद्को बैठक सञ्चालन गर्नुपर्ने विषयमा आफ्नो धारणा राख्नुभएको नेकपा९माओवादी केन्द्र०का प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

‘सत्तापक्षका तर्फबाट सदन खोल्नुपर्छ भन्ने आयो, प्रधानमन्त्रीले पनि यो विषय राखे । गृहमन्त्रीलगायतले पनि राजिनामा होइन, संसद् खोलेर अघि बढनुपर्छ भन्ने कुरा राख्नुभयो’, प्रमुख सचेतक पाण्डेले भने, ‘हामीले सुशासनको विषय महत्वपूर्ण हो भनेका छौँ । अरु नयाँ कुरा केही भएन, दलबीच छलफल गर्दै जाआँै भन्ने भएको छ ।’

प्रमुख सचेतक पाण्डेले आफूहरूले राख्दै आएको विषयवस्तु यथावत नै रहेको जनाउँदै ‘भिजिट भिसा’का विषयमा उठेको प्रश्नलाई छानबिन र अनुसन्धान गर्न गृहमन्त्रीले सहयोग गर्नुपर्ने मत राखेको बताए ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत नेता सहभागी थिए । -रासस

प्रतिक्रिया