गणेश भगवान् प्रार्थना र ब्रत !

काठमाडौं । हिन्दु धर्म अनुसार हरेक दिन कुनैन कुनै भगवानको नाममा ब्रत बस्ने गरिन्छ । त्यसै अनुरूप आज मंगलबार धेरैजना गणेश भगवानको प्रार्थना गरि ब्रत बस्ने गर्छन् ।
सबै किसिमका सुख प्राप्त गर्न, रक्तविकार शमन गर्न, शत्रुदमनका निम्ति, स्वास्थ्य रक्षार्थ तथा पुत्र प्राप्तिका लागि मङ्गलबारको ब्रत उत्तम मानिन्छ । यो ब्रत शुक्ल पक्षको पहिलो मङ्गलबारबाट सुरु गर्नुपर्छ ।
मंगलबारको ब्रतबाट मङ्गल ग्रहको अनिष्ट फल पनि शान्त हुन्छ भन्ने मान्यता छ । बिहान उठेर स्नान गरी शुद्ध भएपछि रातो कपडा धारण गरी ’ॐ भौमाय नमः’ ५ माला जप गर्नुपर्दछ । गणेश भगवानको आराधना गर्नुपर्दछ । पूजा गर्दा रातो फूल, फल, तामा, नरिवल आदि दान गर्नुपर्दछ ।
यो ब्रत कमसेकम २१ वटा मङ्गलबारसम्म लिने प्रचलन छ । सकिन्छ भने जीवनभरि नै लिए अझ राम्रो मानिन्छ । यस व्रतमा गहुँ र सख्खरको भोजन गर्नुपर्ने, रातो कपडा लगाउनुपर्ने, एक छाक अलिनो भोजन गर्नुपर्छ भन्ने मान्यता छ ।
ब्रतको दिन के खाने ?
ब्रतको दिन कुनै ठोस खाना नलिनुहोस् । रातको समयमा ५ बजेपछि हल्का खाना (खीर, हलुवा, भात र सागसव्जी) खान सक्नुहुन्छ । यदि स्वास्थ्यका कारण दिनभर निराहार ब्रत बस्न सम्भव छैन भने कमजोरी हुनुहन्छ भने यातफेरि अत्यधिक टाउँको दुख्यो भने दूध र फलफूल लिन सक्नुहुन्छ । त्यस्तै जडिबुटीको चिया वा पानी पनि पिउन सक्नहुन्छ ।
प्रतिक्रिया