२ बजेका लागि सर्यो प्रतिनिधिसभाको बैठक
नेपालखोज
२०८२ जेठ २१ गते १३:१२

काठमाडौं । प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेसम्मको लागि सरेको छ ।
मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक सरकार र विपक्षी दलबीच सहमति जुट्न नसकेपछि दिउँसो २ बजेसम्मको लागि सरेको हाे । सहमतिका लागि सभामुख देवराज घिमिरेले सत्ता र प्रतिपक्षका प्रमुख सचेतकसँग छलफल गरिरहेका छन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागगर्दै विपक्षी दलले संसद् बैठक अवरुद्ध गर्दै आएका छन् ।
विपक्षी दलले भिजिट भिसा प्रकरणमा ०६४ सालपछिका गृहमन्त्रीको सम्बन्धमा छानबिन आयोग बनाउनु पर्ने शर्त अगाडि सारेका छन् ।
सम्बन्धित
प्रतिक्रिया