बिहीबार, जेठ २३, २०८२

एनसेलले ‘लीग अफ क्रिएटर्स’ आयोजना गर्दै : देशैभरका डिजिटल स्टोरीटेलर्सलाई सशक्त बनाउने राष्ट्रव्यापी अभियान

नेपालखोज २०८२ जेठ २१ गते १४:२१

कमाठमाडौं । एनसेलले अपट्रेन्डलीसँगको सहकार्यमा ‘लीग अफ क्रिएटर्स’ अभियानको सुरुवात गरेको छ । यसले नेपालभरि फैलिएर रहेका भावी प्रतिभाशाली डिजिटल सामग्री निर्माताको पहिचान र सशक्तीकरण गर्ने लक्ष्य लिइएको छ ।

क्रिएट, कम्पिट, कन्कर भन्ने उत्साहजनक नारासहित सुरू भएको यस अभियानको प्रतियोगिताले डिजिटल कन्टेन्ट क्रिएटर्स बन्न चाहनेहरूलाई ‘माइ नेटवर्क, माइ कनेक्टिभिटी’ भन्ने विषयवस्तुमा आधारित रही आफ्ना सामग्री प्रस्तुत गर्न प्लेटफर्म प्रदान गर्दछ । प्रतियोगितामार्फत सहभागीले आफ्नो पहिचान बनाउने मौका पाउनेछन् र साथै पुरस्कारका रुपमा एनसेलसँग १० लाख रुपैयाँबराबरको एक वर्षको ब्रान्ड डिल जित्ने मौका पाउनेछन् ।

सहभागी प्रतियोगिलाई सञ्जोग कोइराला, प्रतिमा अधिकारी, मिस्टर फूडी नेपाल, पराक्रम राणा, एकता तण्डुकारजस्ता सम्बन्धित क्षेत्रका अग्रणी व्यक्तित्व र चर्चित क्रिएटर्सले मार्गदर्शन गर्नेछन् । ‘यो केवल प्रतियोगिता मात्र होइन, यो एक सिर्जनात्मक विकास यात्रा हो, जसमा मेन्टरशिप, कार्यशाला, वास्तविक अनुभव लिदै सिक्ने मौका, चुनौतीपूर्ण चरण र रोमाञ्चक पुरस्कार रहेका छन् । यस अभियानमार्फत, हामी नयाँ पुस्ताका हाम्रा नेपाली डिजिटल सामग्री निर्मातालाई सिक्ने, अघि बढ्ने र प्रभावशाली सामग्रीमार्फत परिवर्तन ल्याउन प्रेरणा दिदै सशक्त बनाउने प्लेटफर्म दिन चाहन्छौं । नेपालको डिजिटल इकोसिस्टमको हिस्सा भएका नाताले, हामी प्रतिभाको विकास र रूपान्तरणमा सक्रिय भूमिका खेल्न प्रतिबद्धता छौं,’ एनसेलका मार्केटिङ कम्युनिकेसन तथा सस्टेनेबिलिटी निर्देशक पुनम सिंहले भनिन् ।

प्रतियोगिताका लागि शुक्रबार (जेठ १८, २०८२)बाट दर्ता खुला गरिएको छ । यो प्रतियोगितामा पहिला अनुभव भएका वा नभएका सबै १६ वर्ष माथिका नेपाली डिजिटल सामग्री निर्माता अर्थात क्रिएटर्सले सहभागिता जनाउन सक्छन् । सहभागीले आफ्नो नेटवर्क र कनेक्टिभिटीप्रतिको व्यक्तिगत वा भावनात्मक बुझाइ झल्किने ३० देखि ९० सेकेन्डको भर्टिकल भिडियो तयार गरी टिकटक र इन्स्टाग्राम दुवैमा पोष्ट गर्नु पर्दछ । देशभरिबाट प्राप्त हुने भिडियोबाट उत्कृष्ट ५० जना क्रिएटर्सलाई मेन्टरले छान्नेछन्, जसले विशेष प्रशिक्षण र मेन्टरशिप प्राप्त गर्नेछन् ।

यसरी छानिने ५० जना क्रिएटर्स ५ जना मेन्टरको नेतृत्वमा रहने समुहमा विभाजन गरिनेछन् र प्रत्येक समुह एनसेल आइकनमा आयोजना हुने कार्यशालामा सहभागी हुनेछन् । यो अभियानमा च्यालेन्ज राउन्ड पनि समावेश रहेको छ जसमा सहभागिले आफूलाई प्रदान गरिएको सिर्जनात्मक ब्रिफिङ बमोजिम सामग्री तयार पार्नु पर्ने हुन्छ र विज्ञ निर्णायक त्यसको मूल्याङ्कन गर्नेछन् ।

लीग अफ क्रिएटर्स’ को ग्रान्ड फिनाले असार १४, २०८२ मा आयोजना गरिनेछ र विजेताको घोषणा गरिनेछ । उत्कृष्ट प्रतिभालाई मनोरञ्जनात्मक कार्यक्रममाझ सम्मान गरिनेछ । मुख्य विजेताले एनसेलसँग १० लाख रुपैयाँ बराबरको एक वर्षका लागि ब्रान्ड डिल प्राप्त गर्नेछ ।

यस्तै, नेपालका शीर्ष क्रिएटर्ससँग विशेष प्रशिक्षण, देशव्यापी पहिचान र नेटवर्किङका अवसर यस प्रतियोगिताका थप आकर्षण हुन् । साथै एनसेल र अमेरिकी दूतावासका सम्बन्धित प्रतिनिधिले सहभागी क्रिएटर्सको सामग्रीको मूल्यांकन गर्नेछन् ।

प्रतिक्रिया