मञ्जुश्री फाइनान्स एनपिएस-नेसनल कार्ड स्विच तथा नेपाल पे कार्डमा आबद्ध

काठमाडौं । मञ्जुश्री फाइनान्स र एनसिएचएलबीच एनपिएस-एनसिएस तथा डमेस्टिक कार्ड स्किम (नेपाल पे कार्ड) को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ ।
सम्झौतापत्रमा फाइनान्सका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत पदम ठकुल्ला तथा एनसिएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानज्यूले हस्ताक्षर गरेका हुन ।
एनसिएचएलले हालै एनपिएस-एनसिएसको पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक वित्तीय संस्थालाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपाल पे कार्ड इस्युइङ र अक्वायरिङका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेसँगै बैंक वित्तीय संस्थाहरू एनपिएस-एनसिएस र नेपाल पे कार्डमा आबद्ध भइरहेका छन् ।
नेपाल पे पूर्वाधारको कमर्सियल रोलआउटपछि मञ्जुश्री फाइनान्सले ग्राहकका लागि उक्त कार्ड इस्यु तथा अक्वायर गर्न सक्नेछन् । एनपिएस-एनसिएसलाई विभिन्न कार्ड स्विचबीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारको राउटिङ र सेटलमेन्टको लागि एक सेन्ट्रल कार्ड स्विचको रूपमा स्थापना गरिँदैछ ।
उक्त प्रणालीको पूर्ण कार्यान्वयनपछि डोमेस्टिक कार्ड कारोबारको लागत घटाउने, डेटा लोकलाइजेसन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणको विकास तथा प्रवद्र्धन हुने अपेक्षा गरिएको छ । एनसिएचएलले ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्था, अधिकांश पिएसओ र पिएसपी र १०० भन्दा बढी गैर-बैंकिङ सदस्यलाई विभिन्न राष्ट्रिय भुक्तानी प्रणाली सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ ।
एनपिएस-एनसिएस र नेपाल पे क्युआर कोडको कार्यान्वयनले नेपालको कार्ड इकोसिस्टमलाई थप उचाइमा पुर्याउने अपेक्षा गरिएको छ । फाइनान्सले देशभरी रहेका २७ वटा शाखा/१ विस्तारित काउन्टर तथा १ एटिएम टर्मिनल मार्फत ग्राहकलाई अत्याधुनिक बैंकिङ तथा वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया