सगरमाथा हाम्रो हो भन्ने चीन सरकार विरुद्धको आन्दोलन

काठमाडौं । नेपालमा राणा शासन विरुद्ध आन्दोलनको सुरुवात वि.सं. १९८७ बाट सुरु भयो । सैनिकबाट निकालिएको आवेशमा भने बेला बेला विद्रोह गर्ने क्रम भने जङ्गबहादुरको समय देखी नै सुरु भएको थियो । यसरी राजनैतिक र व्यक्तिगत स्वार्थले जुलुस र आन्दोलन भए तापनि राष्ट्रिय स्वार्थमा आन्दोलन पहिलो पटक वि.सं. २०१७ को सुरुवातमा भएको थियो ।
वि.सं. २०१३ सालमा चीन तथा रुसको संयुक्त बैठकले सगरमाथाको आरोहण गर्ने निर्णय लिइदा २०१६ को वैशाखमा आरोहण गर्ने तय भएको थियो । तर यही बिच चीनले स्वतन्त्र राज्य तिब्बतलाई आफ्नो अधीनमा लिए पछि विश्वभर चीन प्रति फैलिएको नकारात्मक भावनासँगै रुसले पनि संयुक्त आरोहणको योजनालाई तुहाइदियो । त्यसपछि चीनले एकल आरोहणमा जाने निर्णय सँगै सरकारबाट ठुलो धनराशिको व्यवस्था गराइयो । यस समाचारलाई चीनमा रहेका पत्रपत्रिकाहरूले प्रमुखताका साथ छापे । यही समाचारको साथ चीनले सगरमाथा आफ्नो भूभागमा परेको पनि लेख्न छोडेन । यो समाचारले देश भरी निकै ठुलो हल्ला फैलियो । देशको प्रमुख सहरहरूमा नारा जुलुस घन्कियो । यहाँ सानो भिडियोमा पनि त्यही विरोध देख्न सकिन्छ । जुलुस सिंहदरबार को गेटसम्म पुगेर त्यति बेलाका प्रधानमन्त्री बिपी कोइरालालाई ज्ञापन बुझाएको थियो ।
यसको एक हप्ता पछि नै चिनिया प्रधानमन्त्री च्याउ एन लाईको नेपाल भ्रमण भएको थियो र त्यस बेला विपीले सगरमाथा विषयमा साझा निर्णय सुनाएका थिए । सगरमाथाको उत्तरी भाग चीनको नियन्त्रणमा र दक्षिणी भाग नेपालको नियन्त्रणमा रहेको जानकारी गराएका थिए ।
चीनको रुष्टता त्यति सहजै टुङ्गिएन । यस घटनाको छ महिना नबित्दै चिनिया सेनाले कोरला नाका नजिकै सीमा इलाकामा पेट्रोलिङमा गएका सैनिकहरू माथि चिनिया सैनिकले गोली चलाए । हुन त चिनिया सैनिक वक्तव्यमा चिनिया सीमा प्रवेश गरेको हुँदा भनिए पनि नगएको वा हिमाली भूभाग हुँदा अनजानमा पुगेको हुन सक्छ । यस्तो अवस्थामा चेतावनी दिनुपर्नेमा गोली नै चलाउँदा सुबेदार बमप्रसाद बास्कोटा निधन भयो । त्यस बेलाको मुख्य समाचार नै बनेको त्यस घटना २०१७ साल असार १७ गते घटेको थियो । सो घटनाको विवरण निकै रोचक भए पनि खासै धेरै चर्चा भने भएको पाइँदैन ।
नेपाली सेना अन्तर्गत हिमाल राइफल कम्पनी कोड भाषामा हिरामा रहेको १३ सैनिकहरू सेक्सन कमान्ड बास कोटाको नेतृत्वमा सीमा निरीक्षणमा पुगेका थिए । यसरी चिनिया सैनिकको गोली प्रहारबाट नेपाली सैनिकको मृत्यु हुनु जङ्गबहादुरको शासनकालमा वि.सं. १९११ मा भएको तिब्बत र नेपाल युद्ध पछि पहिलो थियो । १०६ वर्ष पछि चिनिया सैनिकको गोली प्रहारबाट एक नेपाली सैनिकको मृत्यु भएको थियो । चिनिया सरकारले सिमाना अनधिकृत प्रवेश भएकोले गोली हानिएको भनेर टुङ्ग्याउन खोजे पनि यसको आवाज त्यति सहजै टुङ्गिएको थिएन ।
तर यस घटनाको कारण केवल सीमा भित्र नेपालीको प्रवेश मात्र थिएन । यसको पछाडिको विवरण भने त्यस बेलाको नेपाली सेनाको दोहोरो चरित्र पनि थियो ।
२००७ सालको फागुनमा राणा शासनबाट जनता मुक्त भए पछि केही समय राणा प्रधानमन्त्री मोहन शमशेर नै सत्तामा रहेको थियो । पछि २००८ सालमा मोहन शमशेरले राजीनामा दिए पछि मातृका प्रसाद कोइराला प्रधानमन्त्री बने । उता स्वतन्त्र तिब्बतमा पनि चिनिया नजर पर्न थाल्यो । चिनिया सैनिक तिब्बत प्रवेश गरे पनि दलाइ लामा भने पोटाला दरबारमा नै थिए । यहीँ २००८ साल देखि नै दलाइ लामाका खम्पा सैनिकहरू नेपाल भित्रिन थालिसकेको थियो । मातृका सरकारले त्यस बेला नेपालमा केवल ५०० खम्पा सैनिक रहेको तथ्य सार्वजनिक गरेका थिए । २००९ सालबाट नेपालको उत्तरी सिमाना भारतीय सैनिकहरू खटिन थाल्यो । त्यस बेला चिनिया सीमा नजिकै बसेका भारतीय सेनाको काम खम्पाहरूलाई सुरक्षित नेपाली भूमिमा प्रवेश गराउनु थियो भने नेपाली सेनाको हिरा पनि सोही कार्यमा सहयोगी बनिरहेको थियो । मातृका सरकारमा मन्त्री रहेका भद्रकाली मिश्रले नेपालको चिनिया सिमाना रहेको १८ नाकामा इन्डियन मिलिटरी मिसन र नेपालका ५ विमानस्थल सिमरा, तुम्लिङटार, विराटनगर, पोखरा र ताप्लेजुङमा समेत भारतीय सैनिक राख्ने प्रस्ताव राखेका थिए । तर विमानस्थलमा भारतीय सैनिक राख्ने मन्जुरी मन्त्रिपरिषद्ले दिएन ।
सिमाना भारतीय सैनिक, आर्थिक सहयोगका लागि अमेरिकी सरकार रहेको त्यस अवधिमा बिपी प्रधानमन्त्री बन्ने समय सम्म ६५०० खम्पा सैनिक नेपाल भित्रिसकेका थिए । यो तथ्याङ्क बारे चिनिया सरकार अनविज्ञ थिएन । उनको गतिविधि नेपाली सिमाना अझ बढिरहेको थिय्रो । नेपाल र चीन (तिब्बत)को सिमाना भारतीय सेनाको इन्डियन मिलिटरी मिसन र नेपाल सेनाको हिमाल राइफलका सैनिकहरू रहने गरेको थियो । तिनै मध्य मुस्ताङको चिनिया सीमा कोरोलालमा सुबेदार बमप्रसाद बास कोटाको कमान्डमा ४३ सैनिकहरूको एक प्लाटुन रहेको थियो । नेपाली सेनाको टोलीले मुख्यालयसँग हरेक गतिविधिको जानकारी गराउन भारतीय इन्डियन मिलिटरी मिसनको रेडियो सेट नै प्रयोग गर्दथे । जसले गर्दा हरेक गतिविधि भारतीय सेनाको मुख्यालय सम्म सहजै पुग्दथ्यो ।
यस्तै गतिविधिमा २०१७ असार १४ गते चिनिया सेनाको बोर्डर फाइटिङ पेट्रोलका हजार भन्दा बढी नेपालको सीमा भित्र मुस्ताङ भित्र समेत प्रवेश गरेको देखिए पछि मुस्ताङका राजाले नेपाल सरकारलाई जानकारी गरेका थिए । यसरी जानकारी पाए पछि बिपी कोइरालाको सरकारले सीमा निरीक्षणका लागि असार १६ गते पठाएका थिए । यस निरीक्षणमा प्लाटुन कमान्डर सुबेदार बमप्रसाद बास्कोटा घोडामा तथा अन्य १४ नेपाली सेनाका सैनिक, एक भन्सार अधिकृत, एक स्थानीय प्रतिनिधि र एक दोभासे गरी १७ जनाको टोली चिनिया सीमा निरीक्षणका लागि पुगेका थिए । सीमा नजिकै सीमा निरीक्षणमा पुगेको हुँदा नेपाली सेनाका जवानहरू पनि हतियार बोकेका थिएनन् भने सादा पोसाकमा थिए । असार १७ गते अचानक नेपालको भूमि भित्र नै रहेको समय चिनिया सैनिकहरूले गोली चलाउँदा सुबेदार बमप्रसाद घटनास्थलमा नै देहान्त भए ।
घाइते भएका एक सैनिक सहित १० सैनिकलाई चिनिया सेनाले कब्जामा लिए भने ६ अन्य भने भाग्न सफल भए । भाग्न सफल भएकाहरूले नै मुख्यालय सम्म घटनाको जानकारी गराएका थिए । यस घटनाको भोलिपल्ट असार १८ गते नै संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिइरहेका गृहमन्त्री सूर्यप्रसाद उपाध्यायले महासभाको बैठकमा राखेका थिए । जसले गर्दा यस घटनाको समाचार विश्वभर तुरुन्तै फैलिए पछि चीन सरकारले मृत्यु भएको बमप्रसादको शव, घाइते, अन्य कब्जामा रहेका सैनिक र बमप्रसाद चढेको घोडा समेत फिर्ता गरेको थियो । साथै चिनिया सरकाले यस घटनामा आफ्नो तर्फबाट गल्ती भएको स्वीकार गर्दै नेपाली सिमाना खम्पाहरूको विद्रोहको आशङ्कामा खम्पा सैनिकहरूको टोली सम्झेर नेपाली निरीक्षण टोली माथि गोली चलाउन पुगेको भन्दै क्षमा मागिएको थियो ।
साथै मृत्यु भएका सुबेदार बमप्रसादको परिवारलाई ५० हजार क्षतिपूर्ति दिने समेत घोषणा गरिएको थियो । असार २२ गते सैनिक सम्मानका साथ मुस्ताङमा दाहसंस्कार गराइयो । पोखरामा डेरामा रहेका उनको गर्भवती श्रीमतीलाई समेत सम्पूर्ण घटनाको जानकारी गराइएको थियो ।आज ७५ वर्ष पुग्यो, अन्नपूर्ण हिमालको प्रथम सफल आरोहण भएको पनि । सन १९५० जुन ३ का दिन फ्रान्सेली आरोहण टोलीका प्रमुख मौरिस हर्जोग तथा फोटोग्राफर मार्सल आइचकले संसारका ८००० मिटर भन्दा अग्लो हिमाल मध्यको एक अन्नपूर्ण हिमालको सफल आरोहण गरेका थिए । अन्नपूर्ण दोस्रो हिमालको उचाइ ८०९१ मिटर रहेको छ । यस सफल हिमालको आरोहणसङै विश्वमा नेपालको हिमाली पर्यटनको प्रचार प्रसार सुरु भएको थियो ।
२००६ साल चैत्र २३ गते नौतनवाबाट नेपाल प्रवेश गरेका अन्नपूर्ण आरोहण टोलीमा आङ थार्के शेर्पा (सरदार), आङ छिरिङ, दावा तोन्डु, सार्की, फोथार्के, आइला, आङ्गावा तथा अद्जीवा सबै शेर्पाहरू थिए । आरोहण दलमा जिन कौजी, लुइस लचेनल, ग्यास्टन रिवुफत, मार्सल स्कातज र लायोनल टेरी रहेका थिए । सोही दलमा चिकित्सक जाकेस औडत, फोटोग्राफर मार्सल आइचक तथा टोली नेताको रूपमा मौरिस हर्जोग थिए ।
आरोहण टोलीले बुटवलसम्म जिप लिएर आए । त्यहीँ उनीहरूले एक नेपाली विश्वासपात्रका रूपमा भारतीय गोर्खा सेना छोडेर नेपाल फर्केका घनविक्रम राणालाई भेट्टाएका थिए । घनविक्रमको साथले उनीहरूलाई यात्रामा निकै सहज भयो । त्यहाँबाट दुई सय भरियालाई भारी बोकाएर तानसेन हुँदै कालीको तिरैतिर रानी महलको छेउ रानी घाट पुगे ।
यात्रा कठिन थियो, नेपालमा राणा काल नै थियो । सडक सबै गोरेटो र घोडेटो मात्र थिए । त्यस माथि भरियाको ठुलो समूह लिएर हिँड्नु उनीहरूको सम्पूर्ण व्यवस्था गर्नु अझ चुनौतीपूर्ण थियो । पाल्पाबाट केही अगाडि पुगेपछि भरियाहरूले सामान सबै छोडेर हडताल गरे । ठुलो सपना बोकेर आएका फ्रान्सेली टोलीको लागि यो निकै सङ्कटको समय थियो । भरियाहरू पारिश्रमिक कम भएको भन्दै अनकन्टार जङ्गलको बिचमा पुगेर भारी सबै छोडेर हडतालमा उत्रिए । एउटा चिन्ता र त्रासको वातावरण थियो । समस्या गम्भीर थियो, भाषाको समस्या थियो । यो समस्यालाई समाधान गर्ने जिम्मा आफ्नै नेपाली विश्वासपात्र घनविक्रमलाई नै दिए उनीहरूले । करिब आधा घण्टाको छलफलपछि घनविक्रमले भरियालाई राजी बनाए ।
यहाँबाट हिँडेको केही समयमा नै खोला किनारमा मेला लागेको भेटे । वैशाख कृष्ण एकादशीको दिनमा लागेको बाह्र वर्षे मेला भन्ने जानकारी पाए उनीहरूले । डुम्रिचौर, बेहडी, फलेबास, बलेवा हुँदै २००७ वैशाख ४ गते बागलुङ आइपुगे । त्यहाँबाट बेनी, तातोपानी पुगे । यहाँबाट दाना, घाँसा, लेते हुँदै टुकुचे पुगेपछि हिमाल आरोहणको लागि निस्किए । उनिहरू टुकुचेमा रहँदा सिकारमा पनि गएका थिए, जहाँ उनीहरूले एउटा थारको सिकार गरे ।

प्रतिक्रिया