विष्णु जोशीले पाए महानगर प्रहरी प्रमुखको जिम्मेवारी
नेपालखोज
२०८२ जेठ २१ गते १७:१८

काठमाडौं । काठमाडौं महानगरपालिकाको महानगर प्रहरी बल प्रमुखको जिम्मेवारी नगर प्रहरी उपरीक्षक विष्णु प्रसाद जोशीले पाएका छन् ।
राजु पाण्डे बढीमा ६ महिनाको लागि निलम्बनमा परेपछि प्रमुख प्रशासकीय अधिकृतले महानगर प्रहरी बल प्रमुखको जिम्मेवारी जोशीलाई दिएका हुन् ।
महानगर स्रोतका अनुसार जोशीलाई अर्को निर्णय नहुने बेलासम्मका लागि प्रहरी निमित्त प्रमुखको जिम्मेवारी दिइएको हो ।
सम्बन्धित
प्रतिक्रिया