बिहीबार, जेठ २३, २०८२

आईपीएलको उपाधि रोयल च्यालेन्जर्स बेंगलुरुलाई

नेपालखोज २०८२ जेठ २२ गते ५:३९

काठमाडौंं । इन्डियन प्रिमियर लिग (आईपीएल)–२०२५ को उपाधि रोयल च्यालेन्जर्स बेंगलुरुले जितेको छ । फाइनलमा पञ्जाव किंग्सविरुद्ध ६ रनको जित निकाल्दै बेंगलुरु पहिलोपटक आईपीएल च्याम्पियन बनेको हो ।

मंगलबार अहमदाबादमा सम्पन्न खेलमा बेंगलुरुले दिएको १९१ रनको लक्ष्य पछ्याउने क्रममा पञ्जावले निर्धारित २० ओभर ब्याटिङ गरे पनि सात विकेट गुमाएर १८४ रन मात्र बनाउन सक्यो ।

टस हारेर ब्याटिङमा आएको बेंगलुरुले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १९० रनको योगफल खडा गरेको थियो ।बेंगलुरुका विराट कोहलीले सर्वाधिक ४३ रन बनाए ।

कप्तान रजित पटिदरले २६ रन थप्दा लियम लिभिङस्टोनले २५ र मयंक अग्रवाल तथा जितेश शर्माले समान २४ रन थपे । रोमारियो सेफर्डले १७ र ओपनर फिल साल्टले १६ रन जोडे ।

आईपीएलमा पञ्जाब १० र बेंगलुरु आठ वर्षपछि फाइनलमा प्रवेश गरेका हुन् । पञ्जाब पछिल्लोपटक सन् २०१४ मा फाइनलमा पुगेको थियो । बेंगलुरुले सन् २०१६ मा फाइनल यात्रा तय गरेको थियो ।

प्रतिक्रिया