शुक्रबार, जेठ २४, २०८२

एकल महिलालाई आत्मनिर्भर बनाउन मौरीसहित घार वितरण

नेपालखोज २०८२ जेठ २२ गते १०:५०

बागलुङ । बागलुङको तमानखोला गाउँपालिकाले २२ जना एकल महिलालाई मौरीसहित घार वितरण गरेको छ। पालिकालेरु तीन लाखमा घार खरिद गरी वितरण गरेको हो ।

एकल महिलालाई व्यवसायसँग जोडेर आत्मनिर्भर बनाउन सीप सिकाएर मौरी र घार वितरण गरिएको हो गाउँपालिकाकी उपाध्यक्ष हीराकुमारी छन्त्यालले बताए। अनुदानलगायत प्राविधिक सहयोग गर्दै आएको उनको भनाइ छ । तमानखोला क्षेत्र मौरीपालकका लागि उपयुक्त भएको हुँदा पहिलो चरणमा एकएक घार उपलब्ध गराएको तथा व्यावसायिक रूपमा काम गरेमा थप सहयोग गर्ने उनले बताए ।

“एकल महिलाई यस वर्ष सीप सिकाएर व्यवसायसँग जोडौँ भन्ने हिसाबले मौरीपालनसम्बन्धी तालिम र मौरीसहित घार पनि उपलब्ध गराएका छौँ, ”, उपाध्यक्ष छन्त्यालले भन्नुभयो ।


तमानखोला गाउँपालिका-६ की जसदेवी छन्त्यालले मौरीपालनबाट परिवार चलाउने र छोराछोरीको पढाइ खर्च जुटाउने योजना सुनाए ।

प्रतिक्रिया