शुक्रबार, जेठ २४, २०८२

राज्य व्यवस्था समितिमा नागरिकता विधेयकमाथि छलफल सुरु

नेपालखोज २०८२ जेठ २२ गते ११:४४

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा नागरिकता ऐन २०६३ संशोधन गर्न बनेको विधेयकमाथि छलफल सुरु भएको छ ।

बुधबार बसेको समितिको बैठकमा नागरिकता ऐन २०६३ संशोधन गर्न बनेको विधेयकमाथि विधेयकमाथि सैद्धान्तिक छलफल भएको छ ।

बैठकमा गृहमन्त्री रमेश लेखक र रक्षामन्त्री मानविर राई पनि उपस्थित छन् । २०७२ मा नयाँ संविधान जारी भएपछि नागरिकता ऐनमा संविधानअनुसार संशोधन गर्नुपर्ने भएपछि याे विधेयक ल्याइएको हो ।

प्रतिक्रिया