शुक्रबार, जेठ २४, २०८२

दायित्व सिर्जना भएका योजनालाई कटौती नगरिएको छैन : अर्थमन्त्री पौडेल

नेपालखोज २०८२ जेठ २२ गते १२:०२

काठमाडाैं । उपप्रधान एवं अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले चालू वर्षमा सम्पन्न हुने र दायित्व सिर्जना भएका योजनालाई कटौती नगरिएको बताएका छन् ।

नेपाल पूर्वाधार पत्रकार समाजले बुधबार ललितपुरमा आयोजना गरेको बजेटमा पूर्वाधार क्षेत्र र कार्यान्वयन बिषयक कार्यक्रममा पौडेलले केहि हजार साना आयोजना कटौतिमा परेपनि चालू बर्षमा सम्पन्न हुने र दायित्व सिर्जना भएका योजनालाई कटौती नगरिएको बताएका हुन् ।

उनले आयोजना अलपत्र हुने अवस्थालाई अन्त्य गर्दै कार्यान्वयनका लागि तीन करोडको सीमा राखिएको स्पष्ट पारे । बजेट अनुशासनका निम्ति तीन करोडको सीमा महत्वपूर्ण रहेको उनले बताए ।

पौडेलले संवेदेनशील भूवनोट तथा सवारी चाप भएको स्थानमा दिगो पूर्वाधार निर्माणतर्फ काम अघि बढाउने जिकिर गरे ।

प्रतिक्रिया