शुक्रबार, जेठ २४, २०८२

माओवादीको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान स्थगित

नेपालखोज २०८२ जेठ २२ गते १२:५१

काठमाडौं । नेकपा माओवादीले पूर्वनिर्धारित मध्यपहाडी लोकमार्ग केन्द्रित जागरण अभियान तत्काललाई स्थगित गरिएको छ ।

जेठ २१ देखि तय भएको अभियान बर्खाको मौसम लागेकाले तत्काललाई स्थगित गरिएको केन्द्रीय कार्यालय मुख्य सचिव गणेशमान पुनले बताए । उनका अनुसार अभियानको अर्को मिति अहिले तय भएको छैन ।

पदाधिकारी बैठकले पहिलो चरणको अभियान प्रभावकारी भएको निष्कर्ष निकाल्दै जेठ २१ गते २५ गतेसम्म दोस्रो चरणको अभियान चलाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया