‘सर्वोत्कृष्ट युवा तथा सीप विकास शिक्षा सीईओ २०२५ (नेपाल)’ द्वारा सम्मानित

काठमाडौं । एम्बार्क कलेजका कार्यकारी निर्देशक तथा सीईओ आशिष ठाकुरलाई प्रतिष्ठित ग्लोबल सीईओ एक्सिलेन्स अवाड्र्स, सीईओ रिभ्युद्वारा ‘सर्वोत्कृष्ट युवा तथा सीप विकास शिक्षा सीईओ २०२५ (नेपाल)’ को रूपमा सम्मानित भएका छन । यो सम्मानले नेपालको शिक्षा र जनशक्ती विकासमा दूरदर्शी नेतृत्व र प्रभावशाली योगदानलाई कदर गरेको छ ।
ठाकुरको नेतृत्वमा, एम्बार्क कलेजले प्रयोगात्मक, सीपमा आधारित शिक्षाको केन्द्रको रूपमा आफूलाई द्रुत गतिमा स्थापित गरेको छ । युनिभर्सिटी अफ रोहेम्प्टन (बेलायत) सँगको साझेदारीमा, कलेजले विज्ञान स्नातक (बिजनेस म्यानेजमेन्ट) र एम बी ए कार्यक्रम संचालन गरेको छ जसले शैक्षिक सतिकतालाई व्यावहारिक शिक्षासँग एकीकृत गर्दछ ।
शिक्षाविद र उद्योगबीचको सम्बन्धलाई जोड्ने उद्देश्यको कडीकोरुपमा वहाँले एम्बार्क बिजनेस इन्क्युबेशन सेन्टर स्थापना गर्नेे जस्ता पहललाई जन्म दिएको छ, जसले विद्यार्थी-नेतृत्वका स्टार्टअपलाई हौसला प्रदान गर्दछ साथै एम्बार्क रिसर्च नेटवर्कले, जसले भर्खरै नेपालमा दिगोपन र वित्तीय समावेशीकरणलाई समेटेर एउटा महत्वपूर्ण पुस्तक पनि प्रकाशित गरेको छ ।
यस सम्मान पछि श्री ठाकुरले भने ‘यो सम्मान हाम्रा विद्यार्थी, प्राध्यापक र साझेदारको सामूहिक प्रयासको प्रतिबिम्व हो जसले जीवन परिवर्तन गर्न सीप र नवीनताको शक्तिमा विश्वास गर्छन्,’ संगै ठाकुरले भने ‘एम्बार्कमा, हामी नेपालको भविष्यलाई आकार दिने नैतिकवान् तथा उद्यमशील नेतृत्वको उत्पादन एवं क्षपोषण गर्न प्रतिबद्ध छौं ।’
एम्बार्क कलेजले विद्यार्थी र प्राध्यापक आदानप्रदान, संयुक्त अनुसन्धान, र व्यावसायिक विकास कार्यक्रमहरू सहज बनाउन भर्खरै सिंगापुरको एभेन्टिस ग्राजुएट स्कूल, बंगलादेशको ड्याफोडिल इन्टरनेशनल युनिभर्सिटीसँग एमओयू (समझदारी पत्र) मा हस्ताक्षर गरेको छ । जसले भविश्यमा यस एम्बार्क कलेजले शैक्षिक सहकार्यमार्फत् आफ्नो विश्वव्यापी पहुँच विस्तार गर्न पनि योगदान गर्नेछ ।

प्रतिक्रिया