शुक्रबार, जेठ २४, २०८२

बैंकिङ प्रणालीबाट आज पुन ४० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

नेपालखोज २०८२ जेठ २२ गते १३:४५

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज पुन ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । कर्जाको मागमा संकुचन आउँदा बैंकिङ प्रणालीमा अधिक तरलता बढेसंगै राष्ट्र बैंकले आज बुधबार मौद्रिक उपकरण बिक्री गरेर उक्त परिमाणमा रकम खिच्न लागेको हो । 

राष्ट्र बैंकका अनुसार आज अपरान्ह तीन बजेसम्ममा अनलाइन बि डिङ सिस्टम सफ्टवेयर मार्फत उक्त परिमाणमा रकम तानिने छ । परिपक्व हुने अवधि २१ दिन तोकिएको यो उपकरणको सावाँ व्याज भुक्तानी मिति असार ११ गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले खरिद गर्न सक्ने गरी यो निक्षेप उपकरण बिक्री हुन लागेको हो ।  

खरिदकर्ताले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्ने सीमा तोकिएको छ । यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंक बाहेकका बैंक तथा फाइनान्स कम्पनीमा धितोकोरुपमा समेत राख्ने सकिने छ ।    

प्रतिक्रिया