सदनको अवरोध हटाउन बसेकाे प्रमुख सचेतकको बैठक निष्कर्षविहीन
नेपालखोज
२०८२ जेठ २२ गते १४:३०

काठमाडौं । संसद् बैठक बस्न नसकेपछि सभामुख देवराज घिमिरेकाे आह्वानमा बसेको राजनीतिक दलका प्रमुख सचेतकको बैठक निष्कर्षविहीन भएको छ । संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकमा सत्तापक्ष र विपक्षी आ-आफ्नो अडान अडान कायमै राखेपछि बैठक निष्कर्षविहीन भएको हाे ।
प्रतिनिधिसभा बैठकअघि सभामुखले दलका सचेतकसँग गरेको छलफलमा विपक्षी दलहरूले भिजिट भिसा प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति वा न्यायिक छानबिन समिति बनाउनुपर्ने अडान कायमै राखेका छन् । सहमति नभएकाले बैठक अवरोध गर्ने जानकारी विपक्षीले गराएपछि बैठक विना निष्कर्ष सकिएको हो ।
सम्बन्धित
प्रतिक्रिया