छुवाछूत उन्मूलन राष्ट्रिय दिवसमा अठार जना दलित सम्मानित
नेपालखोज
२०८२ जेठ २३ गते १०:४६

तनहुँ । उन्नाइसौँ जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा यहाँका ८० वर्षमाथिका १८ जना दलित ज्येष्ठ नागरिकलाई आँबुखैरेनी गाउँपालिकाले सम्मान गरेको छ ।
‘जातीय भेदभाव तथा छुवाछूत अन्त्य गरौँ, समतामूलक समाजको निर्माण गरौँ’ नारासहित बुधबार आँबुखैरेनीमा आयोजित कार्यक्रममा नगदसहित दोसल्ला र सम्मानपत्रले उनीहरूलाई अभिनन्दन गरिएको हो । आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले उनीहरुलाई सम्मान गरेका हुन् ।
सो अवसरमा अध्यक्ष चुमानले दलित समुदायलाई सधैँ प्राथमिकता राखेर गाउँपालिकाले नीति तथा कार्यक्रम अघि बढाउँदै आएको बताए । सोही अवसरमा गाउँपालिकामा निर्वाचित आठ जना दलित जनप्रतिनिधिलाई पनि सम्मान गरिएको थियो । सम्मान कार्यक्रम आँबुखैरेनी गाउँपालिका कार्यपालिका सदस्य गङ्गा विकको सभापतित्वमा भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया