शुक्रबार, जेठ २४, २०८२

सापकोटाबारे सर्वोच्चको फैसलापछि खुमलटारमा माओवादी पदाधिकारी बैठक

नेपालखोज २०८२ जेठ २३ गते ११:१२

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ ।

पूर्वसभामुख अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतले गरेको फैसलापछि अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा जारी बैठकमा सर्वोच्चको फैसला लगायत समसामयिक घटनाक्रमबारे छलफल भइरहेको छ ।

बुधबार मात्रै सर्वोच्च अदालतले १२ वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा आज सर्वोच्चको संवैधानिक इजलासले उत्प्रेषण आदेश जारी गरेको थियो ।

याे आदेशपछि प्रहरीलाई काभ्रेका अर्जुन लामाको अपहरण र हत्या प्रकरणमा अनुसन्धान गर्न बाटो खुलेको छ ।

सापकोटासहित पूर्वऊर्जामन्त्री एवं काभ्रे १ का माओवादी सांसद सूर्यमान दोङविरुद्ध अनुसन्धान हुने भएको हो ।

प्रतिक्रिया