मनोज ज्ञवाली नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त
नेपालखोज
२०८२ जेठ २३ गते १२:२४

काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोज ज्ञवाली नियुक्त भएका छन् ।
जेठ २२ गते बसेको बैंक सञ्चालक समितिको बैठकले ज्ञवालीलाई बिहीबारदेखि लागु हुनेगरी आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेकाे हाे ।
उनको कार्यकाल ज्ञवाली गत चैतदेखि बैंकमा निमित्त सीईओको रूपमा कार्यरत थिए । त्यसअघि ज्ञवाली गत पुस बैंकमा वरिष्ठ डेपुटी सीईओमा नियुक्ति भएका थिए ।
उनी २०७७ साउनमा बैंकमा डेपुटी जनरल म्यानेजरको रूपमा प्रवेश गरेका थिए । बीचमा बढुवा हुँदै उनी महाप्रबन्धक (डेपुटी सीईओ) बनेका थिए ।
सम्बन्धित
प्रतिक्रिया