नेपाल बिमा प्राधिकरणमा इजलाश संचालन
नेपालखोज
२०८२ जेठ २३ गते १५:२२

काठमाडौं । नेपाल बिमा प्राधिकरणले बिमा दाबीसम्बन्धी उजूरीको सुनुवाई गर्ने प्रयोजनका लागि प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा बिहिबारदेखि इजलाश संचालनमा ल्याएको छ ।
नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाले प्राधिकरणमा दायर भएका बिमासम्बन्धी उजूरी शिघ्रताका साथ फछ्र्यौट गर्दै जाने प्रतिवद्धता जनाएका अनुसार छुट्टै कक्ष स्थापना गरी इजलाश संचालनमा ल्याइएको हो । नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाको अध्यक्षतामा प्राधिकरणका संचालक समितिका सदस्य मान बहादुर अर्याल, सन्तोष रिजाल र राधा कुमारी पोखरेलको सहभागितामा आज नयाँ कक्षमा इजालाश बसेको छ ।
प्राधिकरणमा एक बीमितले बिमा कम्पनीबाट बिमा दाबी नपाएको भनी दिएको उजूरीमाथि इजलाशमा पक्ष तथा विपक्षका कानून व्यवसायीबाट बहस भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया