शुक्रबार, जेठ २४, २०८२

नेपाल चाइल्ड हुड क्यान्सर एलायन्सद्धाराबाल क्यान्सरबाट पीडितका लागि छात्रवृत्ति कार्यक्रमको सुरुवात

नेपालखोज २०८२ जेठ २३ गते १७:४८

काठमाडौं । नेपाल चाइल्ड हुड क्यान्सर एलायन्सले ईन्टरनेशनल क्यान्सर सर्भाइभर डे को अवसरमा बाल क्यान्सरबाट बाँच्न सफल भएका १४ जना किशोर किशोरीलाई कुल ६ लाख नेपाली रुपैयाँ बराबरको शैक्षिक छात्रवृत्ति प्रदान गरेको छ ।

यो कार्यक्रम रमेश गुप्ता स्मृति प्रतिष्ठान टुगेदर अगेंस्ट चाइल्डहुड क्यान्सर, लियोनार्डो एड्वार्ड श्रेष्ठ फाउन्डेसन, तथा वल्र्ड चाइल्ड क्यान्सरको सहकार्यमा सुरु गरिएको हो ।

यो कार्यक्रमले क्यान्सरबाट बाँच्न सफल बालबालिका, उनीहरूको परिवार, डाक्टर, नर्स र प्रमुख सरोकारवाला पक्षहरूलाई छात्रवृत्ति वितरणमा सहभागि हुने अवसर प्रदान गरेको थियो । कार्यक्रममा क्यान्सरबाट बाँच्न सफल बालबालिकाहरुले आफ्नो साहस र आशाले भरिएका प्रेरणादायी कथा सुनाएका थिए ।

कार्यक्रमका प्रमुख वक्ता डा. बिश्वनाथ अधिकारी, कान्ति बाल अस्पतालका बाल क्यान्सर विशेषज्ञले उपचारपछिको निरन्तर निगरानीको महत्वमा जोड दिँदै “नियमित फलोअप क्यान्सरमुक्त भविष्यका लागि अनिवार्य रहेको बताए ।

त्यस्तै, टुगेदर अगेंस्ट चाइल्डहुड क्यान्सरका अध्यक्ष बिशप जोशीले शिक्षा बाल क्यान्सरबाट बाच्न सफल बालबालिकाका लागि जीवन परिवर्तनकारी हुने र शिक्षाले उनीहरूलाई सशक्त बनाउनुका साथै समाजलाई क्यान्सरसँग जोडिएको कलंक हटाउन सहयोग पु¥याउने बताए ।

कान्ति बाल अस्पतालको बाल क्यान्सर वार्डकी नर्सिङ इन्चार्ज रमा पराजुलीले भावनात्मक साहसको कुरा गर्दै बालबालिकाको उपचारमा आमाबाबुको साहसिक भूमिका अत्यन्तै महत्वपूर्ण रहने बताए । रमेश गुप्ता स्मृति प्रतिष्ठानका कार्यक्रम प्रमुख भावनाथ झाले दिर्घकालीन स्रोत र लगानीको आवश्यकता औंल्याउँदै भने हामी सबैको साझा लक्ष्य भनेको उपचार र जीवन पुनःनिर्माणमा रहेका परिवारलाई समग्र रूपमा साथ दिनु रहेको हो ।

प्रतिक्रिया