भिजिट भिसा प्रकरणमा छानविन समिति बनाउने वातावरण बने संसदको अवरोध हट्छ : अध्यक्ष दाहाल

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भिजिट भिसा प्रकरणमा छानविन समिति बनाउने वातावरण बने संसदको अवरोध खुल्ने बताएका छन् ।
शुक्रबार संसद भवन नयाँ बानेश्वमार सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष दाहालले भिजिट भिसा प्रकरणको छानविन हुन जरुरी रहेको भन्दै यसमा सत्तापक्ष तयार भए संसदको अवरोध खुल्ने बताएका हुन् । बिपक्षीले राखेका बिषयमा कांग्रेस सभापति शेर बहादुर देउवासंगै छलफल गर्ने तयारी भएको उनले बताए ।
अध्यक्ष दाहालले कांग्रेसका अन्य नेताहरू छानबिन प्रक्रिया अगाडि बढाउन सकारात्मक देखिएको जिकिर गरे । एकदुई दिन भित्रै यस बिषयमा उचित निकास निस्कने उनको भनाइ छ ।
त्यस्तै पतञ्जली जग्गा प्रकरणमा सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले सरकारको नीतिगत निर्णयमा अख्तियारले मुद्दा लगाएपछि प्रश्नचिन्ह खडा भएको टिप्पणी गरे । माधव नेपालविरूद्ध मुद्दा दर्ता हुनुमा प्रतिशोधको गन्ध आएको उनले बताए

प्रतिक्रिया