आइतबार, जेठ २६, २०८२

सीप मेला, नवीनतम सोच, रोजगार र स्वरोजगारका लागि उपयुक्त छ : मुख्यमन्त्री लामा

नेपालखोज २०८२ जेठ २६ गते ५:५५

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सीप मेला युवा लक्षित सीप सिकाइ, नवीनतम सोच, रोजगार र स्वरोजगारका लागि उपयुक्त भएको बताएका छन् । काठमाडौँ महानगरपालिकाले टुँडिखेलमा सञ्चालन गरिरहेको सीप मेलाको आज अवलोकन गर्दै मन्त्री लामाले यस्तो बताएका हुन् ।

महानगरले यही जेठ ७ गतेदेखि १० वटा क्षेत्रका ३७ पेसासँग सम्बन्धित १०० घण्टे तालिम सञ्चालन गरिरहेको छ ।

मुख्यमन्त्री लामाले प्रशिक्षक र प्रशिक्षार्थीसँग प्रशिक्षण अभ्यासका विषयमा जानकारी लिएका थिए ।

मुख्यमन्त्री लामाले प्रदेश सरकारका विभिन्न मन्त्रालयबाट सञ्चालित तालिमहरूलाई एकीकृत गरेर सिटिइभिटीमार्फत एकद्वार प्रणालीमार्फत अगाडि बढाउने योजना बनाइएको र तालिम प्राप्त जनशक्तिलाई प्रणालीमा आबद्ध गराएर रोजगारदाताले खोजेको बेला पाउन सक्ने बनाउन लागिएको बताए ।

प्रतिक्रिया