कजारियाले गर्यो नेपालको पहिलो र एक मात्र एच.डि पोलिस्ड टायल सार्वजनिक

काठमाडौं । नेपाली बजारमा गुणस्तर र नवप्रवर्तनका लागि विश्वासिलो भारतको नं. १ टायल कम्पनी कजारियाले आफ्नो सबैभन्दा प्रिमियम उत्पादन एच.डि पोलिस्ड टायल (६० ह१२० से.मी) सार्वजनिक गरेको छ । नेपालमा पहिलोपटक केवल कजारियामा मात्र उपलब्ध यो विशेष टायलले सौन्दर्य, मजबुती र अत्याधुनिक प्रविधिलाई एकसाथ जोड्दै देशमा लक्जरी फ्लोरिङको नयाँ पहिचान बनाएको छ ।
विश्वस्तरीय मापदण्ड अनुसार नवीनतम प्रविधिद्वारा निर्मित, एच.डि पोलिस्ड टायल विशेषगरी भित्री सतहका लागि डिजाइन गरिएको हो । ऐना जस्तै चम्किलो, उच्च गुणस्तरीय प्रिन्ट, र सुपर–स्मूथ फिनिश रहेको यस टायलले जुनसुकै ठाउँलाई अझ आकर्षक र भव्य बनाउँछ। अत्यन्त टिकाउ, घिसावट प्रतिरोधी, न्यून पानी सोस्ने क्षमता भएको यो टाइल ५ तारे होटल, लक्जरी मल, उच्चस्तरीय शोरूम तथा अन्य प्रिमियम इनडोर स्पेसहरूको लागि उत्कृष्ट रोजाइ हो ।
यो केवल टायल होइन, विलासिताको अनुभव हो । पालमा यस्ता उच्च गुणस्तरको उत्पादन पहिलो पटक ल्याउन पाउँदा हामी गर्व गर्छौं । यो टायल शहरी क्षेत्रमा पहिले नै लोकप्रिय बनिसकेको छ र अब हामी नेपालका आर्किटेक्ट र इन्टेरियर डिजाइनरहरूलाई यस टायल मार्फत गुणस्तरमा नयाँ मापदण्ड प्रदान गर्न उत्साहित छौं । कजारिया रामेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले भने ।
६०ह१२० से.मी.को एच.डि पोलिस्ड टायल सधैं उत्कृष्टता खोज्नेहरुका लागि बनाइएको टायल हो , उचित हेरचाहसाथ दशकौँसम्म टिक्ने गरी निर्माण गरिएको यो टायलले केवल ठाउँको सौन्दर्य बढाउने मात्र होइन, सफाइ र मर्मतमा पनि सजिलो बनाउँछ । प्रिमियम प्रिन्ट र चम्किलो फिनिशसहित प्रत्येक टायलले भुइँलाई अझ आकर्षक र सुन्दर देखिने बनाउँछ ।
५ स्टार होटल, लक्जरी अपार्टमेन्ट, मल र अन्य व्यवसायिक स्थानहरूबाट बढ्दो मागसँगै, कजारियाको एच.डि पोलिस्ड टायल नेपालमा प्रिमियम फ्लोरिङका लागि पहिलो रोजाइ बन्न थालेको छ । यसले कम्पनीलाई नेपाली टायल उद्योगमा विश्वस्तरीय उत्पादनहरूसहित अग्रणी स्थानमा राख्न कजारियाको गुणस्तर, नवप्रवर्तन र ग्राहक सन्तुष्टिप्रतिको निरन्तर प्रतिबद्धतालाई झल्काउँछ ।
कजारिया रामेश टाइल्स लिमिटेडले नेपालकै सबैभन्दा ठूलो टाइल उत्पादन प्लान्ट स्थापना गरेर नेपालको टायल उद्योगमा नयाँ कीर्तिमान स्थापित गरेको छ । विश्वस्तरीय मापदण्ड अनुसार तयार गरि अत्याधुनिक प्रविधिद्वारा निर्मित काजारिया रामेश टाइल्स लिमिटेडले आधुनिक सजावटका बदलिँदो रुचिहरूलाई ध्यानमा राख्दै ३,००० भन्दा बढी विशेष डिजाइन विकल्पहरू प्रस्तुत गर्दछ ।
नेपालभर ४० भन्दा बढी एक्सक्लुसिभ शोरूमहरू र १०० भन्दा बढी भरपर्दो डिलरहरूको बढ्दो नेटवर्कको साथ, कजारिया प्रिमियम टाइल्सको क्षेत्रमा एक परिचित नाम बन्न सफल भएको छ । कजारियाले ३० ह ३० से.मी., ३० ह ६० से.मी., ३० ह ४५ से.मी., ६० ह ६० से.मी., ६० ह१२० से.मी. र १९.५ ह१२० से.मी. जस्ता विभिन्न साइजमा वाल र फ्लोर टाइल्सको विस्तृत र आकर्षक विकल्पहरु उपलब्ध गराउँछ। प्रत्येक टायलले तपाईंको घर वा टायल लगाएको ठाउँलाई सुन्दर र आकर्षक देखाउन सहयोग गर्ने गरी डिजाइन गरिएको छ । गुणस्तर, टिकाउपन र नविन डिजाइनमा केन्द्रित रहँदै, कजारिया नेपालमा लक्जरी जीवनशैलीको नयाँ मापदण्ड स्थापित गर्दै अघि बढिरहेको छ ।
प्रतिक्रिया