सोमबार, जेठ २७, २०८२

सामसङ इन्स्टा फाइनान्समा सहज : नागरिकताकै भरमा लिन सकिन्छ टीभी तथा होम अप्लाएन्स

नेपालखोज २०८२ जेठ २७ गते १२:११

काठमाडौं । ​​सामसङ नेपालले आफ्ना ग्राहकका लागि अप्लाएन्स फाइनान्स सेवालाई अझ सहज र पहुँचयोग्य बनाएको छ । अब यो सेवा लिनका लागि ग्राहकको नागरिकता प्रमाणपत्र मात्र पर्याप्त हुने गरी कम्पनीले नयाँ सुविधा घोषणा गरेको छ ।

पहिले टीभीका लागि मात्र एक कागजातमा फाइनान्स प्रक्रिया सम्भव थियो भने, होम अप्लायन्सका लागि थप कागजात आवश्यक पर्ने अवस्था थियो । तर अबदेखि यो सुविधा सबै सामसङ होम अप्लाएन्समा पनि लागू गरिएको छ ।

अब ग्राहकले नयाँ टीभी वा होम अप्लाएन्स मात्र आफ्नो र ग्यारेन्टरको नागरिकता प्रमाणपत्र र २र२ वटा पासपोर्ट साइजको फोटो लिएर, फारम बुझाएको एक घण्टाभित्रै घर लैजान सक्नेछन् ।

कम्पनीका अनुसार यो सेवा २०८२ जेठ १९ गतेबाट लागू भएको हो ।

३० प्रतिशत डाउनपेमेन्ट गरेपछि १२ महिनाको किस्तामा शून्य प्रतिशत ब्याजदरमा उपलब्ध हुनेछ । यो सेवा ३० हजार वा त्योभन्दा बढी मूल्य भएका सामसङ टीभी र होम अप्लाएन्समा मात्रै लागू हुने कम्पनीको सर्त छ ।​

सामसङको नवीनतम प्रविधि अब नेपाली ग्राहकको पहुँचमा ल्याउने उद्देश्यले शुरू गरिएको यो योजना हुलास फिन सर्भ हायर पर्चेज लिमिटेडको सहकार्यमा सञ्चालन गरिएको हो ।​

सामसङ इनस्टा फाइनान्स हिम इलेक्ट्रोनिक्स प्रालि र त्रिवेणी व्यापार प्रालिले वितरित गरिरहेका देशभर रहेका २००ं अधिकृत सामसङ स्टोरमा उपलब्ध छ ।

प्रतिक्रिया