सोमबार, जेठ २७, २०८२

लोकतन्त्रका उपलब्धि स्वीकार गर्न नसक्नेले भ्रामक प्रचार गरिरहेका छन्ः महासचिव पोखरेल

नेपालखोज २०८२ जेठ २७ गते १८:२२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले लोकतन्त्रको उपलब्धिलाई स्वीकार गर्न नसक्नेले देशमा केही भएको छैन भन्ने भ्रामक प्रचार गरिरहेका बताएका छन् ।

एमाले केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा आज राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालका पदाधिकारीलाई बधाई तथा शुभकामना कार्यक्रममा उनले प्राप्त सबै अधिकार र योगदान लोकतन्त्रका उपलब्धि हुन् भन्दै लोकतन्त्रले मध्यमवर्गको जबर्जस्ती उदय भएको बताए।

महासचिव पोखरेलले हालका उपलब्धि हासिल गरे पनि राजनीतिक अस्थिरताका कारण गर्नुपर्ने धेरै काम गर्न नसकिएको बताए । राजनीतिक अस्थिरताले हामीले सबै अवसर सदुपयोग गर्न सकेका छैनौँ, अब बलियो राष्ट्रिय शक्ति, बलिया राजनीतिक दल र स्थिरता आवश्यक छ । त्यसकै लागि एमालेले मिसन २०८४ तय गरेको हो, उनले भने ।

प्रतिक्रिया