चीनमा सवारीसाधनको बिक्रीमा उत्साहजनक वृद्धि

बेइजिङ । चीनमा सवारीसाधनको बिक्री मे महिनामा उल्लेखनीय रूपमा वृद्धि भएको छ । सरकारले नयाँ सवारी किन्नेलाई प्रोत्साहन गर्न ल्याएको योजना प्रभावकारी बनेपछि बिक्रीमा यस्तो सुधार देखिएको हो ।
गत मे महिनामा करिब १९ लाख ३० हजारभन्दा बढी सवारी बिक्री भएका छन्, जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा १३ प्रतिशतले बढी हो । सरकारले पुराना सवारी फेरेर नयाँ सवारी खरिद गर्न चाहने व्यक्तिहरूलाई सहयोगस्वरूप विशेष छुट प्रदान गर्दै आएको छ ।
यो कार्यक्रमलाई यस वर्ष अझ विस्तार गरिएको छ, जसले उपभोक्तालाई थप सहजता प्रदान गरेको छ । यो योजनामार्फत मात्र यो वर्षको पहिलो पाँच महिनामा ४१ लाखभन्दा बढी नयाँ सवारी बिक्री भइसकेको जानकारी प्राप्त भएको छ । बिजुलीबाट चल्ने सवारीसाधन (विद्युत सवारी) को उत्पादन र बिक्री दुवैमा पनि उल्लेखनीय वृद्धि देखिएको छ ।
मे महिनामा करिब ११ लाख ७० हजार उत्पादन हुँदा, १० लाख २० हजारभन्दा बढी बिक्री भएका छन् । साथै, यो वर्षको पहिलो पाँच महिनामा मात्रै झण्डै ८८ लाख सवारी बिक्री भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा करिब ९ प्रतिशतले बढी हो।
प्रतिक्रिया