घट्यो सुनको मूल्य, चाँदीको बढ्यो
नेपालखोज
२०८२ जेठ २८ गते ११:०८

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार घटेर १ लाख ९० हजार कायम भएको हो ।
यस्तै चाँदीको मूल्य बढेको छ । सोमबार तोलामा २ हजार १५० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा २ हजार १६५ रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।
सम्बन्धित
प्रतिक्रिया