गाजाको अल–अमल अस्पताल सेवा विहिन ; डब्ल्यूएचओ

गाजा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डाक्टर टेड्रोस अधानोम घेब्रेयससले दक्षिणी गाजाको खान युनिसस्थित अल–अमल अस्पताल क्षेत्र वरपर बढ्दो इजरायली आक्रामकका कारण सेवा विहिन भएको चेतावनी दिएका छन् ।
सामाजिक सञ्जाल एक्समा डाक्टर घेब्रेयससले अस्पताल विरामीको पहुँच विहिन र नयाँ बिरामी लिन रोक लगाएकाले विरामाीहरुले ज्यान गुमाउनु पर्ने जोखिम बढेको बताएका छन् । केहि राष्ट्रिय र अन्तर्राष्ट्रिय चिकित्सा टोलीहरू अझै पनि अस्पताल परिसरमा सीमित चिकित्सा आपूर्तिका साथ बाँकी बिरामीहरूको सेवा गर्न सक्दो प्रयास गरिरहेको उनले प्रष्ट पार्नु भएको छ ।
अल–अमल अस्पतालमा नयाँ विरामीहरुका लागि बन्द भएपछि नासिर मेडिकल कम्प्लेक्स घाईते तथा विरामीहरुको उपचारका लागि एक मात्र अस्पताल भएको उनले उल्लेख गरेका छन् । अल–अमल र नासेर कम्प्लेक्स दुवैले इजरायली आक्रमण र नाका बन्दीको कारण क्षमता भन्दा बढी घाइते तथा विरामीहरुको उपचार गरिरहेको जनाइएको छ ।
सन् २०२३ अक्टोबरमा गाजामा इजरायली आक्रमण सुरु भएदेखि, २.३ मिलियन भन्दा बढी प्यालेस्टिनीहरूले खराब मानवीय प्रकोपको सामना गरिरहेका छन् । निरन्तर बढ्दो अभावले भयाभह स्थिती निम्त्याउन संयुक्त राष्ट्रसङ्ले बारम्बार चेतावनी दिएको छ भने इजरायलले अस्पताल, आश्रय तथा नागरिक पूर्वाधारलाई लक्षित गरि आक्रमण गरी रहेको छ ।
प्रतिक्रिया