पर्यटन प्रवर्द्धनका लागि रणनीतिक ब्रान्डिङ आवश्यक छ : सांसद झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक प्रवक्ता एवं प्रतिनिधिसभा सदस्य मनिष झाले नेपालको पर्वतीय पर्यटन प्रवर्द्धनका लागि रणनीतिक ‘ब्रान्डिङ’ को आवश्यकता औँल्याए ।
अठारौं गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति ९रासस०द्वारा आयोजित ‘पर्वतीय पर्यटन : हाम्रो शान हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको आज अवलोकन गर्दै उहाँले प्रदर्शनी मनोरञ्जनात्मक, सन्देशमूलक र देश चिन्ने अवसर भएको प्रतिक्रिया समेत दिए ।
‘हामीलाई ‘स्ट्राटेजिक ब्रान्डिङ’ चाहिएको छ । देशलाई अस्तित्वको परिभाषा चाहिएको छ, प्रकृति परिभाषा हो, हाम्रो परिभाषालाई विश्वसामु प्रवर्द्धन गर्नुपर्छ । प्रवर्द्धनको एउटा पाटो यो फोटो प्रदर्शनी पनि हो’, उनले भने ।
सांसद झाले पर्वतीय भूभागलाई सदुपयोग गर्दै आर्थिक उपार्जन गर्नका लागि ती क्षेत्रहरुमा भौतिक संरचनाको निर्माणमा समेत जोड दिए । उनले यी क्षेत्रहरूको संरक्षण गर्दै बजारीकरण गर्न सक्नुपर्ने बताए ।
यसैबीच रास्वपाका सांसद एवं नेत्री लक्ष्मी तिवारीले पनि राससद्वारा आयोजित यस प्रदर्शनीको अवलोकन गरे । उनले प्रदर्शनी सान्दर्भिक र भौगोलिक रूपमा समावेशी रहेको बताए ।
प्रतिक्रिया