‘विपद्को सचेतना तल्लो तहसम्म पुराउन सके प्राकृतिक प्रकोपबाट हुनसक्ने क्षति न्यूनिकरण गर्न सकिन्छ’
नेपालखोज
२०८२ जेठ २९ गते ११:५२

काठमाडाैं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विपद् प्रतिकार्यको सचेतना तल्लो तहसम्म पुराउन सके प्राकृतिक प्रकोपबाट हुनसक्ने क्षति न्यूनिकरण गर्न सकिने बताएका छन् ।
हिकारु गौतम फाउण्डेशनले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले हरेक वर्ष प्राकृतिक प्रकोपबाट नेपालमा ठूलो धनजनको क्षति हुने गरेको भन्दै बिपद् प्रतिकार्यको सचेतना तल्लो तहसम्म पुराउन सके क्षति न्यूनिकरण गर्न सकिने बताए । उनले अहिले नेपालले जलवायु परिवर्तनको असर गम्भीर रुपमा भोगनुपरेको उल्लेख गरे ।
सभामुख घिमिरेले विपद् न्यूनिकरणका लागि सरकारले गरेको प्रयत्नले मात्रै नपुग्ने भन्दै यसमा सबैबीच सहकार्य आवश्यक रहेको जिकिर गरे ।
सम्बन्धित
प्रतिक्रिया