मंगलबार, पुष १, २०८२

आई. एम. ई. लाइफका सीमित, अभिकर्ता तथा कर्मचारीलाई मोडिटेक इन्टरनेसनल हस्पिटलमा छुट

नेपालखोज २०८२ जेठ २८ गते १२:३१

काठमाडौं । आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीलाई अब मोडिटेक इन्टरनेसनल हस्पिटल एन्ड रिसर्च सेन्टर, बुटवलमा उपचार सेवा लिँदा १० देखि २५ प्रतिशतसम्म छुट प्राप्त हुने भएको छ ।

उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछ भने, अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरि उक्त छुट सुविधा को लाभ लिन सक्नेछन् ।

यस किसिमको सहकार्यले एकतर्फ कम्पनीको व्यावसायिक सम्बन्धमा प्रभावकारिता ल्याउन सहयोग गर्नुका साथै अर्कातर्फ कम्पनीका सीमित अभिकर्ता तथा कर्मचारीलाई निरन्तर लाभ र सकारात्मक ऊर्जा प्रदान गर्ने दाबी कम्पनीले गरेको छ ।

प्रतिक्रिया