शुक्रबार, जेठ ३१, २०८२

लोकतान्त्रिक शहीद सन्तति वृत्ति कोष स्थापना हुने

नेपालखोज २०८२ जेठ २९ गते १३:१७

काठमाडौं । `सुदृढ तथा शिक्षित समाज निमार्णमा हातेमालो गराैं´ भन्ने उद्देश्यका साथ लोकतान्त्रिक समाजवादी पार्टीका महासचिव एवं प्रवक्ता मनिष कुमार मिश्रले शहीद सन्तति वृत्ति कोषको स्थापना गरेका छन् । मिश्रले मधेस आन्दोलनको समयमा सहादत प्राप्त वीर शहीदका सन्तानहरूको शिक्षामा योगदान पुगोस् भन्ने उद्देश्यका साथ ५१ हजार रकम प्रदान गरी सो कोष स्थापनाकाे घोषणा गरेका हुन् । 

महासचिव मिश्रले आज पर्न गएको आफ्नो जन्मदिनको अवसर पारी सो वृत्ति कोषको घोषणा गरेका छन् ।   मिश्रले दिएको जानकारी अनुसार मधेस आन्दोलनमा सहादत प्राप्त परिवारका बालबालिकाको समुचित शैक्षिक उत्थान एवं सामाजिक समावेशीकरणमा केन्द्रित रहने यो कोष कानुनी सल्लाहमा एक विशेष टिमद्वारा सञ्चालित हुनेछ। `शहीद परिवारको साथ, सम्पूर्ण समाज´ भन्ने नाराका साथ स्थापित कोषका लागि महासचिव एवं प्रवक्ता मिश्रले व्यक्तिगत तर्फबाट  ५१ हजार रुपैयाँसहित प्रारम्भिक योगदान घोषणा गरेका छन् । भने शहीदहरूको बलिदानको सम्मान यस अभियानप्रति शुभेच्छुक र पार्टीका अन्य सदस्यहरूको समेत सहयोग र सहकार्यको अपेक्षा गरिएको छ।

प्रतिक्रिया