विपद् प्रतिकार्य सयन्त्रलाई बलियो बनाउन आवश्यक : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले विपद् प्रतिकार्य सयन्त्रलाई स्रोतका हिसावले अझ बलियो बनाउन आवश्यक रहेको बताएका छन् । विपद्पछिको उद्दार कार्य बलियो नहुँदा थप जनधनको क्षति भइरहेको उनले बताए ।
गत भदौ महिनाको सीमल तालमा डुबेका दुई वटा वस र पूर्व गृह मन्त्री तथा सचिव माधव घिमिरे चढेको जिप डुबेपछि पत्ता लगाउन नसक्ने जस्ता विपत्ती त्यसको उदाहरण भएको सभामुख घिमिरेको भनाइ छ । हिकारु गौतम फाउण्डेशनले बुधवार काठमाडौंमा आयोजना गरेको ‘गोताखोर सामग्री हस्तान्तरण कार्यक्रम’ मा बौल्दै घिमिरेले विपद्सँग सामना गर्नका लागि शसस्त्र बलको विपद् महाशाखालाई साधन र जनशक्तिले सम्पन्न बनाउनुपर्ने आवश्यकता देखिएको बताए ।
विपदको प्रतिकार्यलाई सचेतना र शिक्षा मार्फत समुदायस्तरसम्म पुर्याउन समेत जरुरी रहेको घिमिरेले बताए । फाउण्डेशनले शसस्त्र प्रहरी बललाई हस्तान्तरण गरेको उद्दार सामग्रीको काम रचनात्मक भएको उल्लेख गर्दै सभामुख घिमिरेले त्यसलाई सिक्ने र प्रेरणादायी कामको रुपमा आफुले लिएको बताए ।
उच्च शिक्षा पढ्ने उद्देश्यले विदेश गइरहेका यूवाहरु विदेशमै सेटल हुने प्रबृत्ति चुनौतीको रुपमा विकास भइरहेको हुँदा यस्ता कामले यूवाहरुलाई राष्ट्प्रतिको जिम्मेवारी बोध गराउने उनको भनाई थियो ।
शसस्त्र प्रहरी बलका निमित्त महानिरीक्षक नारायणदत्त पौडेलले पानीजन्य उद्दार (गोताखोर) सामग्री प्रदान गरेकोमा फाउण्डेशनलाई धन्यवाद दिए । दुखद पृष्ठभूमिमा जन्मिएको संस्थाबाट भएको यो काम खुसद र प्रशसंनीय भएको उनको प्रतिक्रिया थियो । यो सामग्री हस्तान्तरण शसस्त्र प्रहरी बलमाथि भएको विश्वास पनि भएको र प्रहरी बलले त्यसरी नै काम गर्ने प्रतिबद्दता उनको थियो ।
केही दिन अघि कोशीमा दुई गोताखोर गुमाएको र गत वर्ष रोशी खोलाले निम्त्याएको विपदको प्रसङ उठाउँदै पौडेलले यो वर्ष बढी वर्षा हुने अनुमान भएको हुदा सतर्क र सहयोगी भएर उभिनुपर्ने चुनौती थपिएको बताए । उनले १२८ जना गोताखोर, २५ सय बिशेष तालिमप्राप्त सशत्रको जनशक्ति र ३७ हजार फौज पनि तालिम प्राप्त रहेको बताए । विपदकर्तालाई जति बलियो बनायो उत्तिकै विपदकार्य प्रभावकारी बन्न सक्छ ।
हिकारु गौतम फाउण्डेशनका अध्यक्ष कमल चौलागाईका अनुसार २०५८ सालमा काठमाडौंमा जन्मिएका हिकारु २०७७ मा अमेरिका टेक्सासको ड्याममा माछा मार्ने क्रममा निधन भएको थियो । पानीमा डुबेर ज्यान गुमाउनेहरुको उद्दार गर्नका लागि हिकारुको बहिनीको पहलमा अमेरिकामा सहयोग जुटाइएको अध्यक्ष चौलागाईले बताए । उनले शसस्त्र प्रहरीको विपद् महाशाखासँग समन्वय गरेर उक्त महाशाखालाई सहयोग पुग्ने सामग्री प्रदान गरिएको जानकारी गराए ।
अध्यक्ष चौलागाईका अनुसार कोभिडकालदेखि नै उक्त फाउण्डेशनले नेपालका अस्पताल, विद्यालय, समुदायलाई सहयोग गर्दै आइरहेको छ ।
स्व. हिकारु गौतमकी बहिनी सोनिया गौतमले १९ वर्षको दाजु गुमाउदाको पिडालाई सामाजिक सेवामा बदल्ने क्रममा सशस्त्र प्रहरी बलको गोताखोर एकाईलाई केही पानी उद्दार उपकरणको सहयोग गरेको बताइन । गो फण्ड मी अभियानमार्फत अमेरिकामा रहेका ३८ जना दाताहरुको सहयोगमा उद्दारका सामग्री दिन सकेको गौतमले जानकारी दिइन । विपन्न वर्गलाई सहगोग गर्न र विपद् प्रतिक्रिया सुधार गर्न हिकारु गौतम फाउण्डेशन स्थापना गरिएको उनको भनाइ छ ।
प्रतिक्रिया