सिटिजन्स बैंकद्वारा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा बृक्षारोपण सम्पन्न

काठमाडौं । सिटिजन्स बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २०८२ साल जेठ २८ गते बुधबारको दिन लुम्बिनी प्रदेशको वनबाटिका तिलोत्तमा नगरपालिकामा र कर्णाली प्रदेशको भाइराम सामुदायिक वन, बिरेन्द्रनगरमा बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
विश्व वातावरण दिवस २०२५ को अवसरमा लुम्बिनी प्रदेशमा करिव १०५ विभिन्न प्रजातिका विरुवा र कर्णाली प्रदेशमा १०० भन्दा बढि विरुवा रोपेर बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले यस अघि नै देशका बिभिन्न स्थानमा स्वास्थ शिविर सन्चालन, समुदायिक विद्यालय एंव मठ मन्दिरमा सहयोगहरु गरिसकेका छ ।
हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ साथै मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र ऋच्ल् नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ ईकाइबाट १८ लाख ९८ हजार भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया