शुक्रबार, जेठ ३१, २०८२

९.८ अंकले घट्दा १२ अर्ब ५१ करोडको शेयर कारोबार

नेपालखोज २०८२ जेठ ३० गते १५:३४

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से ९ दशमलव ८ अंकले घटेर २ हजार ६५५ दशमलव ३८ अंकमा झरेको छ । यसैगरी ‘क’ बर्गका कम्पनीको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि १ दशमलव ९९ अंकले घटेर ४५४ दशमलव ९ अंकमा झरेको छ ।

नेप्सेमा आज तीन सय ११ वटा कम्पनीहरुको एक लाख दुई हजार ८९५ पटकको कारोबारमा दुई करोड ८६ लाख सात हजार ६८५ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम १२ अर्ब ५१ करोड ५३ लाख आठ हजार ९६१ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहहरुको शेयर कारोबार भएकोमा चार वटा समूहहरुको सूचक बढेर बाँकी समूहहरुको सूचक घटेका छन् । जसमध्ये फाइनान्स समूहको सूचक २१ दशमलव ७४ अंकले बढेर २ हजार ४५४ दशमलव ८४ अंकमा पुगेकोमा जलबिद्युत समूहको सूचक पनि आठ दशमलव २३ अंकले बढेर तीन हजार ६४१ दशमलव १४ अंकमा चढेको छ ।

यसैगरी होटल तथा पर्यटन र सामुहिक लगानी कोष समूहको सूचक पनि क्रमशः १४४ दशमलव ८८ र शुन्य दशमलव शुन्य एक अंकले बढेका छन् । वाणिज्य बैंक समूहको सूचक भने ८ दशमलव ५५ अंकले घटेर १३ सय ५३ दशमलव ८ अंकमा झरेको छ । विकास बैंक समूहको सूचक पनि ५४ दशमलव ७५ अंकले घटेर ५४ सय १४ दशमलव ३७ अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक पनि ६५ दशमलव ९५ अंकले घटेर १२ हजार ८४७ दशमलव २ अंकमा झरेको छ ।

निर्जीवन बिमा समूहको सूचक पनि ५९ दशमलव ५५ अंकले घटेर १२ हजार १५० दशमलव २७ अंकमा झरेको छ । यि बाहेक लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार समुहको सुचक पनि क्रमशः शुन्य दशमलव ४६, ३७ दशमलव ६१, २१ दशमलव तीन, छ दशमलव ८६ र ४६ दशमलव ३४ अंकले घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा पियोर इर्नर्जी लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा गुराँस लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै ङादी ग्रुप पावर लिमिटेड परेको छ ।

प्रतिक्रिया