भारतको अहमदाबादमा २४२ यात्रु सवार एयर इन्डियाको विमान दुर्घटना
नेपालखोज
२०८२ जेठ ३० गते १५:५०

काठमाडौं । भारतको अहमदाबादमा २४२ यात्रु सवार एयर इन्डियाको विमान दुर्घटनाग्रस्त भएकाे छ । बिहीबार एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान दुर्घटनाग्रस्त भएको हाे ।
विमान लन्डनतर्फ उडान भर्दै गर्दा टेकअफको क्रममा विमानस्थलको सीमा नजिकै दुर्घटनाग्रस्त भएको थियो ।
विमानस्थल क्याम्पससँगै रहेको एयर कस्टम कार्गो कार्यालय नजिकै विमान दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएको छ ।
एयरलाइन्सले थप जानकारी सङ्कलन गर्ने प्रयास गरिरहेको र सकेसम्म चाँडो थप अपडेट साझा गर्ने बताएको छ ।
सम्बन्धित
प्रतिक्रिया