आधुनिक प्रविधि र रोजगारमूलक बनाउन आमुल परिवर्तन गर्नुपर्नेमा ओलीकाे जोड
नेपालखोज
२०८२ जेठ ३० गते १६:५३

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षालाई आधुनिक प्रविधि, जीवनोपयोगी र रोजगारमूलक बनाउन आमुल परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् ।
बिहीबार काठमाडौं विश्वविद्यालयसभाको ९९ बैठकमा सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति ओलीले बेरोजगार हुने नभई रोजगार र स्वरोजगार हुन सक्ने खालको जनशक्ति उत्पादनमा लाग्न आग्रह गर्दै यस मामिलामा काठमाडौं विश्वविद्यालयले गरेका प्रयास सकारात्मक भएको बताए ।
उनले स्वास्थ्य शिक्षा र अन्य विषयका सन्दर्भमा आम विद्यार्थीको पहुँचवृद्धि गर्न र चिकित्सा शिक्षामा मात्रै दिइँदै आइएको ७५ प्रतिशतसम्मको छात्रवृत्तिका बारेमा पुन: विचार गर्नुपर्ने धारणा राखे ।
प्रधानमन्त्री ओलीले परम्परागत रुपमा नभइ मुलुकको शिक्षा क्षेत्रलाई समयानुकुल परिवर्तन गर्दै लैजानुपर्नेमा जोड दिए ।
सम्बन्धित
प्रतिक्रिया