स्वदेशी काठलाई उपयोग गर्ने सरकारको नीति : वनमन्त्री शाही
नेपालखोज
२०८२ जेठ ३० गते १७:३५

काठमाडाैं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले स्वदेशी काठलाई उपयोग गर्ने सरकारको नीति रहेको बताएका छन् ।
सिंहदरबारमा बिहीबार बसेको राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा मन्त्री शाहीले वन क्षेत्रमा रहेका ढलापडा र सुकेका काठलाई उपयोग गर्ने गरि सरकारको नीति तथा कार्यक्रमका साथै बजेटमा उल्लेख गरिएको बताए ।
बिगतमा बिभिन्न कारणले स्वदेशी काठको उपयोग भन्दा बिदेशी काठ फर्निचरमा प्रयोग गरेको पाइएको उनले बताए ।
मन्त्री शाहीले वन सम्बन्धी यसअघि ऐन कानूनहरु अहिले समस्याका रुपमा देखिएकाले समयानुकुल संशोधन गर्न लागिएको जानकारी दिए । उनले सुख्खा याममा हुने वन डडेलो प्रति मन्त्रालय गम्भीर भएपनि केन्द्रले मात्रै वन डडेलो नियन्त्रण गर्न नसक्ने भएकाले तीनै तहबीच समन्वय हुनुपर्ने उल्लेख गरे ।
सम्बन्धित
प्रतिक्रिया