शुक्रबार, जेठ ३१, २०८२

‘अनावश्यक रुपमा बखेडा झिकेर संसद अवरुद्ध पार्ने काम भइरहेकाे छ’

नेपालखोज २०८२ जेठ ३० गते १८:५४

काठमाडाैं । गृहमन्त्री रमेश लेखकले अनावश्यक रुपमा बखेडा झिकेर संसद अवरुद्ध पार्ने काम भएको बताएका छन् ।

नेपाल शिक्षक संघले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गृहमन्त्री लेखकले कर्मचारीले गरेको गल्तीलाई सरकार र मन्त्रीसँग जोड्दै अनावश्यक रुपमा बखेडा झिकेर संसद अवरुद्ध पार्ने काम भएको बताए ।

संसदको अवरोध राजनीतिक पूवाग्रह, प्रतिशोध प्रेरित रहेको उनले बताए । गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा प्रतिपक्षीले उठाएको बिषयको कुनै अर्थ र औचित्य नरहेको भन्दै संसदको अवरोध चाडै हट्नुपर्ने धारणा राखे ।

संसदको अवरोध हटेपछि असार १५ भित्र बिद्यालय शिक्षा विधयेक पारित गरेर शिक्षकहरुका माग पुरा गर्ने उनले बताए ।

प्रतिक्रिया