शनिबार, जेठ ३२, २०८२

परराष्ट्र सम्बन्ध सबल छ : मन्त्री राणा

नेपालखोज २०८२ जेठ ३१ गते ५:५३

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले सम्बन्ध परम्परागत र संवादमार्फत सबल बन्दै गएको बताएकी छन् ।

परराष्ट्र मन्त्रालयद्वारा बिहीबार राजधानीमा आयोजित चौथो प्राध्यापक डा यदुनाथ खनाल लेक्चर शृङ्खलामा उनले लामो परम्परागत छिमेकी नेपाल चीनले दौत्य सम्बन्धलाई गत साता दशकमा पञ्चशिलका आधारमा व्यवस्थित र आधुनिक हिसाबले अघि बढाएको बताइन् ।

चीन र नेपालले एकअर्काको आन्तरिक मामिलामा अहस्तक्षेप र एक चीन नीतिलाई पूर्ण रूपमा पालन गर्दै समृद्धि प्राप्तिका लागि निकट सहकार्य गरिरहेको भनाइ पनि उनको थियो । चीन नेपालको वैदेशिक सहायताको ठूलो स्रोत भएको बताउँदै उनले नेपाल र चीनबीच सम्पन्न बिआरआइ सम्झौताले नेपालको विकासलाई गति प्रदान गर्ने पनि बताइन् ।

नेपालका चीनले छोटोे समयमा गरिबी निवारणमा गरेको प्रगति अनुकरणीय रहेको पनि उनले बताइन् ।

प्रतिक्रिया