शुक्रबार, साउन ३, २०८२

राष्ट्रियसभा बैठक बस्दै

नेपालखोज २०८२ जेठ ३१ गते ७:५४

काठमाडौं । राष्ट्रियसभा बैठक बस्ने भएकाे छ । बैठक आज दिउसो १:१५ बजे बस्ने भएको हो ।

राष्ट्रियसभा बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति माया प्रसाद शर्माले ‘त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनको कार्यान्वयनको अवस्था सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१’ सभा समक्ष पेस गर्नेछन् ।

प्रतिक्रिया