शनिबार, जेठ ३२, २०८२

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

नेपालखोज २०८२ जेठ ३१ गते ९:१४

बैतडी । पुर्चौडी नगरकार्यपालिका सदस्य ऐते लुहारको मृत्यु भएको छ ।

दुवै मृर्गौला फेल भएका ५५ वर्षीय लुहारको धनगढीस्थितसेती प्रादेशिक अस्पताल उपचारका क्रममा बिहीबार राति मृत्यु भएको पुर्चौडी नगरपालिका ३ का वडाध्यक्ष खगेन्द्र बोहराले राससलाई जानकारी दिए ।

सदस्य लुहारको निधनमा नगरपालिकाले आज आफ्नो कार्यक्षेत्रमा शोक बिदा घोषणा गरेको छ ।

प्रतिक्रिया